काठमाण्डु – हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । शुक्रबार बिहान तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लागेकाे छ ।
दिउँसाे प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।
राति प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । शनिबार भने माैसममा सुधार हुने देखिएकाे छ । देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने आँकलन महाशाखाले गरेकाे छ ।




प्रतिक्रिया