आजको मौसम पूर्वानुमान :उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना

आजको मौसम पूर्वानुमान :उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना


काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेकाले पहाडी भूभागमा आंशिक बदली हुनुका साथै अन्य भूभागहरुको मौसम सामान्यतया सफा रहने छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा मौसममा आंशिकदेखि सामान्य बदली रहने  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस बाहेक बाँकी पहाडी भूभागमा आंशिक बदली हुनुका साथै अन्य भूभागहरुको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन्।

उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। बुधबार राति पनि देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा राति पनि हल्का हिमपातको सम्भावना रहेको छ।

अहिले बिहान देशका पहाडी भू-भागमा आशिंक बदली रहेको छ भने बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको अवस्था छ।