कस्तो रहन्छ आज दिनभरको मौसम ?

कस्तो रहन्छ आज दिनभरको मौसम ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाएकाे छ ।

महाशाखाले हाल सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको जानकारी दिएको छ ।

यसैगरी, दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

भने, देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ। सुदूर पश्चिम र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। देशका अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ ।