बुधबारकाे माैसम पूर्वानुमान : कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हिमपातको सम्भावना

बुधबारकाे माैसम पूर्वानुमान : कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हिमपातको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  जल तथा माैसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ । आज कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाउकाे छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

राति प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । बिहीबार प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।