काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले साेमबारकाे माैसम पूर्वानुमान गरेकाे छ । आज प्रदेश १ र गण्डकीका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावाना रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ। राति पहाडी भूभागमा आंशिक बदली रहनेछ । मंगलबार प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो पटक काठमाण्डु उपत्यकासहित मुलुकभर जाडो बढ्न थालेको छ । अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न महाशाखाले आह्वान गरेको छ ।




प्रतिक्रिया