केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आइतबार देशभर सामान्य बदली रही देशका केही  भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा ठूलो वर्षाको सम्भावना छ ।महाशाखाका अनुसार अहिले बिहान पनि कतिपय स्थानमा भारी वर्षा भइरहेको छ। त्यसैगरी सोमबार सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

अझै दुुई दिन मौसम सक्रिय रहने हुुँदा आवश्यक सतर्कता अपनाउनुपर्ने भएको छ । शनिबारदेखि मौसम सक्रियतासँगै कतिपय भागमा ठूलै वर्षा हुनुका साथै बाढी र पहिरोको सम्भावना पनि हुनेहुँदा उच्च सतर्कता आवश्यक भएको हो ।

मौसम पूर्वानुमान महाशाखाले मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावनासँगै शनिबारदेखि तीन दिन नेपालमा मनसुन सक्रिय हुने जनाएको छ ।