केही स्थानमा भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

केही स्थानमा भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मनसुनी गतिविधि अझै केही दिन कायम रहने भएको छ । गत सोमबार रातिबाट सक्रिय रहेको मनसुन आगामी शुक्रबारसम्म कायम रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेका हुनाले पुनःमनसुन सक्रिय भएको हो,। अहिले देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविदले बताएका छन्। बिहीबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति पनि देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।