काठमाण्डु – मंगलबार देशभरका अधिकांश भू-भागमा आंशिक बदली रही धेरै ठाउंहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ। साथै नेपालको तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।




प्रतिक्रिया