शनिबारको मौसम पूर्वानुमान, यी स्थानमा बदली र वर्षाकाे सम्भावना

शनिबारको मौसम पूर्वानुमान, यी स्थानमा बदली र वर्षाकाे सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान जारी गरेकाे छ । आज केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

अहिले भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा न्युन चापिय प्रणाली बनेको छ । त्यसको केही प्रभाव नेपालमा पनि रहेको छ । हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ । अरु क्षेत्रको मौसम सामान्यतय सफा रहेको मौसमविदले बताएका छन् ।

आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकि स्थानमा आंशिक बदली हुनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ ।

यस्तै राति प्रदेश १ तथा बाँकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहि बाँकि क्षेत्रमा आंशिक बदली रहनेछ । प्रदेश १ र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ ।