शनिबारकाे मौसम पूर्वानुमान : वर्षाको सम्भावना

शनिबारकाे मौसम पूर्वानुमान : वर्षाको सम्भावना


काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रका कारण देशका विभिन्न क्षेत्रकाे मौसममा बदली भएकाे हाे ।

 प्रदेश १ का पहाडी भू–भागमा सामान्य बदली रहेको छ । बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका क्षेत्रमा बाक्लो हुस्सु–कुहिरो लागेको छ ।  दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशमा सामान्यतया सफा रहने देखिन्छ ।

प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । यसैगरि राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भू–भागहरू साथै सुदूरपश्चिम प्रदेशका तराईका क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।