काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसममा क्रमिक सुधार भए पनि चिसो भने अझै कायमै रहने भएकाे छ ।
केही दिनदेखि मौसममा भइरहेको बदली आजबाट क्रमिक रुपमा सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने छ ।
यस्तै आइतबार राति प्रदेश १ को पहाडी भूभाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहने महाशाखाले जनाएकाे छ ।
अहिले बिहान प्रदेश १ का पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ। ‘चिसो अझै रहिरहने तथा तराईका भूभागहरुमा हुस्सु र कुहिरोको अझै सम्भावना रहेको छ ।




प्रतिक्रिया