यस्तो रहनेछ आइतबारको मौसम

यस्तो रहनेछ आइतबारको मौसम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान  गरेकाे छ । मुलुका अधिकांश क्षेत्रमा सामान्यतया माैसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेका कारण देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने भएको हो । अहिले प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा छ ।

 दिउँसो प्रदेश १ को पहाडी तथा हिमाली भू–भागमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै राति प्रदेश १ को पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।