दशैंको टीकाको दिन आज कस्तो रहला मौसम ?

दशैंको टीकाको दिन आज कस्तो रहला मौसम ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु  – जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।

हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको र पूर्वी भूभागमा बङ्गालको खाडीमा बनेको ‘हामून’ नामक चक्रवातको आंशिक प्रभाव रहेको जनाएको छ ।

अहिले बिहान कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ । आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको बुलेटिनमा उल्लेख छ।

देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।

राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बुलेटिनमा उल्लेख छ। कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ।