उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले साेमबारकाे माैसम पूर्वानुमान गरेकाे छ। आज पहाडी भेगका १-२ स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेकोछ।

हिउँदयाम शुरु भएसँगै देशभरको तापक्रममा तीव्र गिरावट आइरहेको छ। पश्‍चिमी वायुको आंशिक प्रभावका कारण आज दिउँसो पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहनेछ। यस्तै, पहाडी भेगका १-२ स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राति पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने पूर्वानुमान छ।