काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले सोमबारकाे माैसम पूर्वानुमान गरेकाे छ । स्थानीय वायुसंगै पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले मौसम आंशिकदेखि सामान्य बदली रही अरु क्षेत्रमा सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका धेरै स्थानमा तुँवालो लागेको छ । दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सफा रहने छ ।
पहाडी भूभागका थोरै स्थानमा अपरान्हपछि मेघ गर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । देशका केही भू–भागमा तुँवालोको असर रहने छ ।




प्रतिक्रिया