मनसुनी वायुको प्रभाव,आज देशका केही स्थानमा भारी वर्षा हुने

मनसुनी वायुको प्रभाव,आज देशका केही स्थानमा भारी वर्षा हुने


काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।

देशका अधिकांश स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ । यस्तै लुम्बिनी तथा गण्डकी प्रदेशको केहि स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ।