कस्ताे रहला बिहीबारकाे माैसम ?

कस्ताे रहला बिहीबारकाे माैसम ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले  बिहीबारकाे माैसम पूर्वानुमान गरकाे छ । दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले देशका केहि स्थानमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले  जनाएकाे छ ।

अहिले प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली भएको छ ।

दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली हुने मौसमविदले बताएका छन् । प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यस्तै राति प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविदले जनाएका छन् ।