काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ । मनसुनी न्यून चापिय रेखा नेपालको पश्चिमी तराई भूभाग नजिक रहेकाले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाे छ।
यस्तै, आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने,प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख छ ।




प्रतिक्रिया