आजको मौसम पूर्वानुमान : यी स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम पूर्वानुमान : यी स्थानमा भारी वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ साथै देशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाउकाे छ।

अहिले देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेश को एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ।

बिहीबार प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शुक्रबार, शनिबार प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ ।