आजको मौसम कस्तो रहला ? यस्तो छ मौसम पूर्वानुमान

आजको मौसम कस्तो रहला ? यस्तो छ मौसम पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले माैसम सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, प्रदेश २ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

नेपालमा आइतबारदेखि मनसुन फेरि सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यूनचापीय रेखा अहिले नेपालको तराईभन्दा थोरै पर रहेको छ । त्यो रेखा नजिक आइ पुग्नासाथ मनसुनको सक्रियता बढ्ने छ ।