आज देशभर बदली रहने, यी प्रदेशमा भारी हिमपातको सम्भावना

आज देशभर बदली रहने, यी प्रदेशमा भारी हिमपातको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भूभागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । ती प्रदेशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात सम्भावना रहेको रहेको महाशाखाले जनाएकाे छ ।

शुक्रबार देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू-भागको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र देशको उच्च पहाडी र हिमाली भू-भागको केही स्थानहरूमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ।

शनिवार भने प्रदेश १ मा सामान्यदेखि पूर्णतया बदली रही देशका बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ का पहाडी भू-भागका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।