कस्ताे रहला बिहीबारकाे माैसम पूर्वानुमान ?

कस्ताे रहला बिहीबारकाे माैसम पूर्वानुमान ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  जल तथा माैसम पूर्वानुमान महाशाखाले बिहीबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।  आज देशभरको मौसममा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेकाे छ ।

आज बिहान सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भुभागको मौसममा आंशिकदेखि सामान्य बदली रही बाँकी भुभागमा आंशिक बदली भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भुभागका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ । आज राति प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शुक्रबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।