काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार काे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसममा बदली भएको छ ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।
यस्तै राति देशको पहाडी भू–भागमा आंशिक बदली रही एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
यसैबिच देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेकोले यात्रा गर्दा सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
यस्तै देशभर बदली भई हल्का वर्षा र हिमपातका कारण तापक्रममा हल्का गिरावट आई देशैभरि चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।




प्रतिक्रिया