कस्ताे रहला बुधबारकाे माैसम पूर्वानुमान ?

कस्ताे रहला बुधबारकाे माैसम पूर्वानुमान ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ । आज बिहान बागमती, गण्डकी,कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा वर्षा भइरहेको छ।

दिउँसो प्रदेश १ र बाग्मतीका पहाडी भूभाग लगायत गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा र बाँकी भु-भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको पनि आकलन गरिएको छ । बिहीबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । शुक्रबार लुम्बिनी र कर्णाली तथा तराईका थोरै स्थानमा वर्षाको प्रक्षेपण गरिएको छ ।