शुक्रबारकाे माैसम पूर्वानुमान : प्रदेश १,बागमती र लुम्बिनी प्रदेशमा हल्का वर्षाको सम्भावना


काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारकाे माैसम पूर्वानुमान गरेकाे छ । नेपालमा पश्चिमी वायुको सामान्य प्रभावले प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले जारी गरेको बुलेटिनमा पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राती प्रदेश १ का पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । शनिबार प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement