कस्ताे रहला आजको मौसम पूर्वानुमान?

कस्ताे रहला आजको मौसम पूर्वानुमान?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बिहीबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ । शुक्रबार पहाडी भूभागमा आंशिक बदली हुने देखिएको छ ।