काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बिहीबारकाे माैसम पूर्वानुमान गरेकाे छ । स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम बदली भएको हो । पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ । देशका केही स्थानहरूमा तुँवालो लागेको छ ।
दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि समान्य बदली रही बाँकी क्षेत्रमा मौसम आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्हतिर मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना छ । यसैगरि राति देशका पहाडी भू–भागमा आंशिकदेखि समान्य बदली रही बाँकी क्षेत्रमा मौसम आंशिक बदली हुनेछ ।




प्रतिक्रिया