काठमाण्डु – बुधबार देशभरका अधिकांश क्षेत्रमा माैसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही अरु क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। यस्तै राति देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ।
अहिले नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली छैन। अहिले हिमाली भू–भागमा आंशिका बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् ।




प्रतिक्रिया