काठमाण्डु – काठमाण्डु उपत्यकामा बिहानैदेखि मेघगर्जनसहित वर्षा भइरहेको छ ।
जल तथा माैसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि मधेस, वाग्मती, गण्डकी र लुम्विनी प्रदेशमा वर्षा हुनेछ । त्यसैले यी प्रदेश भएर बग्ने नदी तथा खोलामा वहाब उल्लेख्य बढ्न सुरु हुनेछ ।
आज राति नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुँ, लम्जुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्ला भएर बग्ने नदी तथा खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ ।
अहिले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।पानी पर्ने क्रम कम्तिमा २० गतेसम्म जारी रहने पूर्वानुमान छ ।
हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा ,मनसुनी वायूको प्रभाव रहेकाले पानी परिरहेको हो । भारतको बिहार, उत्तर प्रदेश हुँदै नेपालमा प्रवेश गरेको बादलको बाहिरी घेराको असरले नेपालमा पानी परेको हो ।




प्रतिक्रिया