माया ममता स्रनेहकी खानी आमा,आज आमाको मुख हेर्ने दिन-मातातिर्थ औंशी

माया ममता स्रनेहकी खानी आमा,आज आमाको मुख हेर्ने दिन-मातातिर्थ औंशी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मातातीर्थ औंसीजन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइदै आएको पर्व हो । (आज) शनिबारको दिन आमाले गरेका महान् र कष्टपूर्णकामहरुको सम्झना गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झनेदिन हो । हरेक वर्षको वैशाख कृष्ण औंसीका दिन मनाइने यस पर्वलाई मातातीर्थ औंसीका रूपमा लिने गरिन्छ ।

आमालाई माता, जननी, महतारी आदि शब्दले पनि चिनिन्छ । हरेक आमा माया ममता र स्नेहकी खानी हुन् । त्यसैले आमालाई यस दिन मात्रै होइन ३६५ दिन नै माया ममता र स्नेह दिनुपर्नेमा शास्त्रका जानकारको जोड छ । आफ्नी जन्म दिने आमालाई श्रद्धा भक्तिपूर्वक स्नेह र सम्मान गरी विभिन्न खानेकुराका परिकार खुवाउने हुनाले कसैकसैले यसलाई आमालाई खुवाउने औंसीका रूपमा पनि लिने गरेका छन् । यो दिनलाई अर्को शब्दमा मातृऔंसी, मातृदिवस, मातातीर्थ औंसी आदि पनि भनिन्छ ।

औशीका दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरी आमा भएको ठाउँमा पुग्ने गर्छन् ।  आमा जीवित हुनेहरूले आमालाई मीठामीठा परिकार बनाएर खुवाउँछन्, लुगाफाटो तथा अन्य विविध उपहार दिएर आमालाई खुसी बनाउँछन् । आमा भएर पनि टाढाटाढा रहेकाहरूले भने यस दिन आफ्नी आमालाई टेलिफोन तथा विभिन्न सामाजिक सञ्जालमार्फत सम्झने र कुराकानी गरेर आशिर्वाद लिने चलन नेपाली समाजमा बढ्दै जान थालेको छ ।

आमा भनेकी पछिल्ला पिँढीलाई संसार देखाउने भएकीले यिनको महŒव धर्म संस्कृतिमा मात्र नभई आधुनिक समाजमा असाध्यै बढी छ, संस्कृतिविद् डा। विणा पौडेल भन्छिन्, ‘दुख कष्ट झेलेर नौ महिना कोखमा पालेर जन्मदिने आमा सन्तानको भविष्य कोर्ने प्रेरणाकी स्रोत हुन् ।’

आमा नहुनेहरू भने यस दिन काठमाडौं उपत्यकाको पश्चिम दिशातर्फ थानकोट जाने बाटोमा पर्ने गुर्जुधारादेखि माथि पहाडको फेदीमा रहेको मातातीर्थ जाने गर्छन् । मातातीर्थमा रहेको कुण्डमा स्नान गरेपछि आप्mनो आमाको मुक्तिको कामना गर्दै तर्पण दिने चलन छ । मातातीर्थको पोखरीमा पवित्र मनका साथ हेरेको खण्डमा आमाको स्वरूपको दर्शन पाइन्छ भन्ने धार्मिक विश्वास छ । उक्त कुण्डमा हेर्दा दिवंगत माता प्रसन्न भई दिएको आशीर्वादको प्रभावले छोराछोरी जनधनले सम्पन्न भएर सुख भोग गर्न पाउँछन् भन्ने विश्वास छ ।

 यिनै आमा जस्ले हामीलाई संसार देखाईन्, पाईला चाल्न ताते ताते गर्दै सिकाईन, गर्भमा राखेर जन्माईन अनि काखमा राखेर पालिन । देवीको प्रतिरुप अनि ममता कि खानी अनि वालापनामा हाम्रा हरेक ईच्छा, आकांक्षा अनि चाहने पुरा गरिदिने, कल्पवृक्ष सरि, यस पृथ्वी लोकका सम्पूर्ण आमाहरुलाई कोटी कोटी नमन छ ।