सहकारी ठगीमा कांग्रेस सांसद राईविरुद्ध पुरक अभियोजन, ३७ लाख बिगो मागदाबी

सहकारी ठगीमा कांग्रेस सांसद राईविरुद्ध पुरक अभियोजन, ३७ लाख बिगो मागदाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध दायर भएको पुरक अभियोजनमा ३७ लाख बढी बिगो मागदाबी गरिएको छ ।

मंगलबार २० जनाको जाहेरीले दायर पुरक अभियोजनमा ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबी गरिएको छ । सांसद राई सहकारीको सहसचिव हुँदा लाखौं रकम अपचलन भएको आरोप छ ।

सहकारी ठगीमा पुस २१ गते ३९ जनाविरुद्ध काठमाण्डु जिल्ला अदालतमा ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा दायर गरिएकोमा मंगलबार पुरक अभियोजन दायर भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डुले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय बबरमहलले काठमाण्डु जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

सहकारी ठगी प्रकरणमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने सहितका व्यक्तिमाथि मुद्दा दायर भएकोमा अदालतले धरौटीमा रिहा गरेको थियो ।