‘कलेजी कटाउन्या माया’को नयाँ भर्जन सार्वजनिक

‘कलेजी कटाउन्या माया’को नयाँ भर्जन सार्वजनिक


काठमाण्डु – मोडल कविता न्यौपाने, जोन बम र चक्र बम अभिनित नयाँ गीत ’कलेजी कटाउन्या माया’ सार्वजनिक भएको छ। नेपमेलोको प्रस्तुतिमा तयार भएको गीत शनिबार नेपमेलोकै आधिकारिक युटुब च्यानल ‘नेपमेलो’ बाट सार्वजनिक गरिएको हो।

भिडियोमा कविता, जोन र चक्रको हृदयस्पर्सी प्रेम र बिछोडको कथा छ। लामो समयदेखि सक्रिय रहि काम गर्दै आइरहेकी मोडल कविता न्यौपानेले म्युजिक भिडियोको दुनियाँमा आफ्नो छुट्टै छाप छाडेकी छिन।

उनले अहिलेसम्म थुप्रै चल्तीका कलाकारसंग दर्जनौं म्युजिक भिडियोहरुमा काम गरिसकेकी छिन। जोन र चक्र बम पनि अहिलेका चर्चित मोडल हुन। चक्र भने मोडल संगसंगै गायनमा पनि सक्रिय छन।

गितमा गायकद्वय महेश कुमार औजी र बादल थापाको स्वर रहेको छ । गीत आजभन्दा करिव १० वर्ष अगाडी गायक तथा संगीतकार महेश कुमार औजीले बजारमा ल्याएका थिए। गायक महेश कुमार औजी र बादल थापाले सोही गीतलाई अहिले नयाँ भर्जनमा ल्याएका हुन। गीतमा शब्द र संगीत महेश स्वयंले भरेका छन।

कमल सौरागको एरेन्ज रहेको गीतको भिडियो ढोरपाटन आरक्षण भित्र खिचिएको हो। भिडियोको सम्पादन र कलरिङ मिलन विश्वकर्माले गरेका छन् । भिडियोको निर्देशन शान थापाले गरेका छन् ।

मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतमा कुमार रानाको मिक्सिङ तथा मास्टरिङ,सरिता मगरको मेकअप, अनुस्का डिसिको पहिरन, टौवा कृयसनको पोस्ट डिजाईन र बुद्ध थापाको सिनेमाटोग्राफी छ।