थिमी नगरपालिकाका मेयर श्रेष्ठमाथि सांघातिक आक्रमण

थिमी नगरपालिकाका मेयर श्रेष्ठमाथि सांघातिक आक्रमण

तस्विर : प्रदीप रूपाखेतीकाे फेसबुकबाट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– राजधानी उपत्यकास्थित मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि सांघातिक आक्रमण भएको छ।

शनिबार बेलुका आफ्नो घरभित्र प्रवेश गर्दै गर्दा उनीमाथि रेडले आक्रमण भएको प्रहरीले जनाएको छ।

प्रत्यक्षदर्शीका अनुसार उनी घरको ढोकाबाट भित्रै छिदै गर्दा ‘मेयर साब’ भन्दै बोलाएका ती व्यक्तिले एकाएक फलामको रडले हानेका थिए।

मेयर श्रेष्ठ मोबाइल पसलमा पसेर ज्यान जोगाएको मोबाइल पसलकी सञ्चालिका सुशीला लम्सालले बताइन्। घाइते श्रेष्ठको अहिले मध्यपुर अस्पतालमा उपचार भैरहेको छ।

महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायव उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार मेयरको बा ८ च ८७२० नम्बरको निजी गाडी तोडफोड भएको छ। आक्रमणकारीको खोजी भैरहेको उनले बताए।