काठमाण्डु – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरहराकाे पार्किङ ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथी रजाइ गर्ने मनसाय देखिएको बताएका छन् ।
सुन्धारास्थित धरहराको निर्माण पूरा नभएकाले पार्किङ नगराउन भनेर पत्र पठाइएपछि मेयर बालेनले पार्किङ ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथी रजाइ गर्ने मनसाय देखिएको बताएका हुन्।
आज भन्दा दुई वर्ष ९ महिना २० दिनअगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट सेतो टावर उद्घाटन भयो। सोही उद्घाटनलाई काठमाडौंका तत्कालीन मेयर बिद्यासुन्दर शाक्यले भन्नुभएको थियो-आज एक ऐतिहासिक काम सम्पन्न भएको छ। राणाकालीन अवस्थामा भएको भए केपी ओलि टावर भन्थे। तर केही दिनअगाडि त्यही ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ-धरहरा निर्माण हुँदैछ। पार्किङ बन्द गर्नू!’
उनले नबनेको भए म ‘बीसौँ तलामा कसरी पुगेँ?’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुनेसमेत टिप्पणी गरेका छन्।
तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उद्घाटन गर्ने जस्ता प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मान्ने राष्ट्रिय नीति बनाउन पनि जोड दिएका छन्।
उनले धरहरामा पार्किङ बन्द नभएको पनि बताएका छन्। महानगरको पहलमा अहिलेको लागि निःशुल्क सञ्चालन भइरहेको पनि बताएका छन्।




प्रतिक्रिया