प्रेमप्रसादले आत्मदाह गर्नु राज्यको चरम असफलता : मेयर बालेन्द्र


काठमाण्डु – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मंगलबार दिउँसो संसद् भवनअगाडि एक युवाले गरेको आत्मदाहको ठूलो कारण राज्य भएको बताएका छन्।

उपचारका क्रममा प्रेमप्रसाद आचार्यको निधन भएपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर शाहले यो राज्यको चरम असफलताको कारण भएको बताएका हुन् ।

‘एक जना नागरिक संसद् भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् । त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो । र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो ।’

शाहले भनेका छन्, ‘उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन् ।’

सत्तामा रहेकाहरू सबै समीकरणलाई प्रगतिका लागि चलायमान बनाउनु भन्दा आफ्नो स्वार्थका लागि राजनीतिलाई अस्थिर बनाउनतर्फ लागेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement