जितलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएको छु : मेयर बालेन

जितलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएको छु : मेयर बालेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साह ‘बालेन’ ले अबका दिनमा भिजन र एजेण्डा कार्यान्वयन गर्नेतिर लाग्ने बताएका छन्।

शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले महानगरको निर्वाचन परिणाम घोषणा कार्यक्रममा मेयर साहले जितलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएको बताए ।

उनले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता समेत जनाए । उनले भने, ‘काठमाडौं महानगर परिवारको रूपमा छ, परिवार नै रहनेछ । हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौं भन्ने आशा राखेको छु ।’

स्वतन्त्रबाट उठेका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पराजित गरेर मेयरमा निर्वाचित भएका हुन् । उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् ।