निजी विद्यालयका शिक्षकलाई सरकारी सरहको तलब-सुविधा दिनू : मेयर शाह

निजी विद्यालयका शिक्षकलाई सरकारी सरहको तलब-सुविधा दिनू : मेयर शाह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु  – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंका निजी विद्यालयका शिक्षकलाई सरकारी विद्यालयका शिक्षक सरह तलब दिन आग्रह गरेका छन्।

मेयर शाहले सामुदायिक विद्यालयको तलब स्केल सार्वजनिक गर्दै संस्थागत विद्यालयका शिक्षकले पनि त्यहीअनुसार तलब पाउनुपर्ने बताएका हुन् ।

संस्थागत (निजी) विद्यालयले शिक्षकहरूलाइ कानुन सम्मत तलब नदिएकाे गुनासाे गरेपछि मेयर शाहले सार्वजनिक रूपमा नै शिक्षकहरूकाे तलब सार्वजनिक गर्दै साेही अनुसार व्यवस्था गर्नु पर्ने बताएका छन् ।

मेयर शाहले बिहीबार बिहान फेसबुकमा लेखेका छन्,काठमाडौं महानगरपालिकामा संस्थागत (निजी) विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ। तर ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ। यस्तै काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानुनमा तोकिएबमोजिम हुने उल्लेख गरिएको छ।’