माओवादी पहिलो पार्टी बन्ने सम्भावना बलियो छ : प्रचण्ड

माओवादी पहिलो पार्टी बन्ने सम्भावना बलियो छ : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आफ्नै बलमा चुनावमा जाने दावी गरेका छन् । प्रेस सेन्टरले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दाहालले माओवादी चुनावमा तालमेल गर्न नजाने बरु अरु पार्टीहरुले नै तालमेल गर्न खोजेको बताए ।

उनले पछिल्लो समय माओवादी प्रवेश गर्नेहरुको लहर सुरु भएको भन्दै चुनावमा माओवादी पहिलो पार्टी बन्ने सम्भावना रहेको दावी गरे ।

प्रचण्डले भने ‘पछिल्लो समय सबैतिर संविधान बचाउने र शान्ति प्रक्रिया पुरा गर्ने माओवादी नै हो भन्ने परेको छ । जनतालाई पनि माओवादीले नै उत्पीडित वर्ग,जाति र समुदायको अधिकार दिलाएको हो भन्ने परेको छ । त्यसैले हामी पहिलो पार्टी बन्नेतिर जांदैछौं । ’

उनले अहिलेको प्राथमिकता भनेको यो गठबन्धनलाई नै लिएर जाने रहेको भन्दै राजनीतिमा असम्भव भने केही नभएको बताए । दाहालले यो सबै कुरा नेपाली कांग्रेसको ब्यवहारमा भर पर्ने दावी गरे ।