सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे प्रचण्डले गरे निकटस्थहरुसंग छलफल

सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे प्रचण्डले गरे निकटस्थहरुसंग छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माओवादी केन्द्रले नेकपा एमालेका अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल सुरु गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफु निकट नेताहरुसंग सरकारलाई दिएको समर्थनबारे छलफल सुरु गरेका छन् । प्रचण्डले नेताहरु वर्षमान पुन,पम्फा भुसाल र जनार्दन शर्मालगायतसंग सरकारलाई दिएको समर्थन फिर्ता गर्नेबारे छलफल गरेको स्रोतको दावी छ ।

कांग्रेस सभापति शेरबहादुर देउवासंग प्रचण्डले बुधवार नयां सरकार गठनका विषयमा छलफल गरेका थिए । तर, देउवाले नयां सरकार गठनबारे रुची नदेखाएपछि प्रचण्ड निरास बनेको बताइन्छ । एमाले अध्यक्ष ओली नेतृत्वको सरकारलाई प्रतिगमनकारी सरकार भनेपनि प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले सरकारलाई भने समर्थन गरिरहेको छ । जनस्तरमा माओवादीको दोहोरो भुमिकालाई लिएर आलोचना भएपछि सरकारलाई समर्थन फिर्ता लिनेबारे माओवादीभित्र छलफल चलेको हो ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता आजै लिन सक्ने स्रोतको दावी छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही दिनअघि सरकारलाई दिएको समर्थन चांडै फिर्ता लिने बताएका थिए ।प्रचण्डले बुधवार नै पुर्व प्रधानमन्त्री बावुराम भट्टराईसंग समेत छलफल गरेका थिए । नयां सरकार गठनका लागी प्रचण्डले मधेषवादी दल र कांग्रेसका नेताहरुसंग घनिभुत छलफल गरिरहेका छन् । तर, प्रचण्डको प्रस्तावमा दुवै दल सकरात्मक नबनेको बताइन्छ ।