काठमाण्डु – माओवादी केन्द्रले सातै प्रदेशमा इन्चार्ज तोकेको छ । सोमबार काठमाण्डुमा सम्पन्न माओवादी केन्द्रीय समितिको बैठकले सातै प्रदेशमा इन्चार्ज तोक्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रले प्रदेश १ को इन्चार्ज राम कार्की,मधेस प्रदेशमा गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, र लुम्बिनीमा चक्रपाणि खनाललाई इन्चार्ज तोकेको छ ।
माओवादीको कर्णाली प्रदेशमा इन्चार्ज रहेका नेता शक्तिबहादुर बस्नेतको ठाउंमा कालीबहादुर मल्ल, सुदूरपश्चिममा खगराज भट्ट, सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेललाई जिम्मेवारी दिइएको छ ।




प्रतिक्रिया