एमसीसीबारे हामीले कुनै निर्णय गरिसकेको छैन्ः जनता समाजवादी पार्टी

एमसीसीबारे हामीले कुनै निर्णय गरिसकेको छैन्ः जनता समाजवादी पार्टी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)ले अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे आधिकारिक धारणा सार्वजनिक नगरेको बताएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै पार्टीको नाम लिएर निजीविचार सार्वजनिक नगर्न पनि चेतावनी दिएका छन् ।

जसपाले भ्रामक समाचारको विश्वास नगर्न पनि आग्रह गरेको छ । ‘एमसीसीबारे जनता समाजवादी पार्टी, नेपालले कुनै निर्णय नै गरिसकेको छैन् । पार्टीले आफ्नो कुनै आधिकारिक धारणा सार्वजनिक पनि गरेको छैन । पार्टीको नामबाट बाहिर आएको भनिएको धारणा पार्टीको आधिकारिक हैन’, विज्ञप्तिमा भनिएको छ, ‘कसै–कसैको व्यक्तिगत विचार हुनसक्छ । यस्ता कार्यलाई तुरन्त बन्द गर्नु पर्दछ । यस्तो भ्रामक प्रचार प्रति विश्वास न गर्नु हुन सबैलाई अनुरोध गर्दछु ।’