माओवादीले चुनाव प्रचारमा कुलमानको फोटो राख्यो, सामाजिक संजालमा आलोचना


काठमाण्डु – विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो माओवादी केन्द्रले चुनाव प्रचारमा प्रयोग गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो निःशुल्क बिजुलीको’ शीर्षकमा उनको फोटो राख्दै फेसबुकमा पोस्टर सेयर गरेका छन् ।

जुन पोस्टरमा दाहालसंगै अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको फोटो रहेको छ । सरकारी तलब, भत्ता खाइरहेका घिसिङको फोटो माओवादीले प्रयोग गरेसंगै त्यसको आलोचना भइरहेको छ ।

उक्त पोस्टर निर्वाचन आचारसंहिता विपरीत भएको आयोगका एक अधिकारीले बताए । घिसिङ माओवादी केन्द्रका संगठित सदस्य हुन् ।

माओवादी केन्द्रले एउटा कर्मचारीको फोटो राखेर मत माग्नुपर्ने दिन आएको भन्दै सामाजिक संजालमा त्यसको विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement