समानुपातिकको सूचीमा पर्ने यी हुन माओवादीका भाग्यमानी नेताहरु

समानुपातिकको सूचीमा पर्ने यी हुन माओवादीका भाग्यमानी नेताहरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ – माओवादी केन्द्रलाई प्रदेश र प्रतिनिधिसभातर्फ समानुपातिक सूची तयार गर्न सकस परेको छ । आवश्यकताभन्दा धेरै आकांक्षीको नाम जिल्ला–जिल्लाबाट सिफारिस भएपछि उम्मेदवारको सूची तयार गर्न कठिन भएको हो ।

 

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले आइतबार बिहानसम्म प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारको सूची तयार भइसक्ने बताइन् । ‘पार्टीले समानुपातिक लिस्ट तयार गर्न कार्यदललाई जिम्मेवारी दिएको छ,’ भुसालले भनिन, ‘प्रदेश सभाबाट अनुमोदन भएपछि कार्यदलले अन्तिममा फाइनल गर्नेछ ।’

 

जिल्लाले धेरै नाम सिफारिस गर्दा टुंग्याउन गाह्रो
निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एउटा निर्वाचन क्षेत्रबराबर तीनजना सिफारिस गर्न सकिने जनाएको छ । माओवादी केन्द्रबाट एउटा निर्वाचन क्षेत्रले १० देखि १५ जनासम्मको नाम सिफारिस भएको एक नेताले बताए । जिल्लामा विवाद नमिलाई धेरैजनाको नाम सिफारिस गर्दा फाइनल गर्न समस्या भएको हो । वाम तालमेल हुने भएकाले समानुपातिकमा बस्न चाहनेको संख्या वृद्धि भएको छ ।

 

 

देशभरबाट प्रतिनिधिसभातर्फ समानुपातिकतर्फ पाँच सयभन्दा धेरै नाम सिफारिस भएको प्रदेश नम्बर १ संयोजक सावित्री काफ्लेले बताइन् । तर, प्रदेश सभाको समानुपातिकतर्फ हजारभन्दा बढी नाम सिफारिस भएको उनको भनाइ छ ।

 

समानुपातिकमा बस्न पार्टीको यस्तो छ मापदण्ड
माओवादीले समानुपातिक लिस्टमा पार्न मापदण्ड बनाएको छ । विगतमा पार्टीमा गरेको योगदानका आधारमा सूचीमा राखिएको नेता देव गुरुङले बताए । ‘पार्टीमा कति लामो समय संघर्ष ग¥यो, आगामी दिनमा संघर्षको मैदानमा कसरी लड्न सक्छ भन्ने विषयलाई मूल्यांकन गरी क्षमतावान् व्यक्तिलाई सिफारिस गरेका छौ,’ उनले भने । जनयुद्धमा मृत्यु तथा बेपत्ता पारिएका परिवारका लागि पनि मापदण्ड बनाएको गुरुङले बताए ।

माओवादी शीर्ष नेता समानुपातिकमा
प्रतिनिधिसभाको समानुपातिकतर्फ दाङबाट रेखा शर्मा, बांकेबाट पूर्णकुमार सुवेदी, रोल्पाबाट सभामुख ओनसरी घर्ती र जयपुरी घर्ती, प्युठानबाट मणि थापा, तनहुबाट सुरेश आलेमगर, बाँकेबाट तिलक परियारको नाम सिफारिस भएको छ । प्रदेश सभाका लागि जाजरकोटबाट कालिबहादुर मल्ल र डोल्पाबाट सत्या पहाडीको नाम सिफारिस भएको छ ।

नयां पत्रिकाबाट