काठमाण्डु – माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडांडामा जारी बैठकमा पछिल्लो राजनीतिक अवस्थाको समीक्षा समेत भइरहेको छ । बैठकले शेरवहादुर देउवाको नेतृत्वमा आज बन्ने सानो आकारको क्याबिनेटमा पठाउने मन्त्रीहरुको बारेमा समेत छलफल गर्नेछ ।
देउवाले आफुसहित पांच सदस्यिय मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् । माओवादी केन्द्रबाट दुई जना मन्त्रीले आजै सपथ लिने सम्भावना छ ।
माओवादीबाट स्थायी समिति सदस्यहरु जनार्दन शर्मा, देव गुरुङ र पम्फा भुसालमध्ये दुई जनाले आजै सपथ लिने कार्यक्रम छ । मन्त्री बनाउने अन्तिम अधिकार भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दिने तयारी रहेको बुझिएको छ ।




प्रतिक्रिया