बादल गृहमन्त्री पक्का, अनन्त र बस्नेतलाई शक्तिशाली मन्त्रालय दिईने


काठमाडौं–माओवादीले सरकारमा जाने मन्त्रिहरुको टुंगो लगाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको बैठकले सरकारको नेतृत्वमा रामबहादुर थापा बादललाई पठाउने निर्णय गरेको छ । बादललाई गृहमन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको छ ।

गृहमन्त्रालयमा माओवादी नेताहरु वर्षमान पुन र जनार्दन शर्माले दावा गर्दै आएका थिए । बैठकमा अध्यक्ष प्रचण्डसहित वरिष्ट नेताहरु रामबहादुर थापा र नारायणकाजी श्रेष्ठ सहभागी थिए । उच्च स्रोतले दिएको जानकारीअनुसार मन्त्रीको लागी थापासहित वर्षमान पुन,शक्ति वस्नेत,जनार्दन शर्मा,गिरिराजमणी पोखरेल मातृका यादव, अमनलाल मोदी र विना मगरलाई मन्त्री बनाउने निर्णय माओवादीले गरेको छ ।

पुर्वअर्थमन्त्री समेत रहेका नेता पुन र पुर्व गृहमन्त्री भइसकेका वस्नेतलाई कुन मन्त्रालय दिने भन्ने अझै टुंगिएको छैन् । दुवै नेतालाई शक्तिशाली मन्त्रालय दिने माओवादीको तयारी छ । मन्त्रालयको टुंगो लगाउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधामन्त्री केपी शर्मा ओलीसंगको छलफलपछि आजै मन्त्रिपरिषदको विस्तार हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement