माओवादी मन्त्रीलाई हटाउन प्रधानमन्त्रीमाथी चर्को दबाव

माओवादी मन्त्रीलाई हटाउन प्रधानमन्त्रीमाथी चर्को दबाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –प्रधानमन्त्री शेरबहादुर देउवामाथि सत्ता गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रका मन्त्री हटाउन दबाब परेको छ ।कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका अधिकांश सदस्यले प्रधानमन्त्री देउवालाई माओवादी मन्त्री हटाएर मात्र मन्त्रिपरिषद् बैठक डाक्न दबाब दिएका छन् ।

 

 

कांग्रेस अगुवाइको लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरूले बुधबार सरकारलाई साथ दिने आश्वासन दिएपछि बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यसम्पादन समिति बैठकमा नेताहरूले माओवादी मन्त्री हटाउन प्रधानमन्त्रीलाई दबाब दिएका हुन् ।

 

 

सरकारमा सामेल माओवादीले एमालेसंग चुनावी तालमेल तथा पार्टी एकीकरणसम्मको सहमति गरेपछि उसलाई सरकारबाट हटाउनुपर्ने विषयमा लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरूबीच बुधबार छलफल भएको थियो ।

 

 

 

माओवादीलाई सरकारबाट हटाउँदा बहुमत कायमै रहने सुनिश्चितता रहेकाले निर्वाचन आयोगलाई जानकारी दिएर सरकार पुनर्गठनको गृहकार्यमा लाग्न कांग्रेस बैठकका सहभागीले देउवालाई सुझाएका थिए आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।