काठमाण्डु– नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सरकारमा सहभागी गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ । माओवादीको केन्द्रिय कार्यालय पेरिसडाडांमा आज बसेको स्थायी कमिटी बैठकले आफ्ना मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो ।
बैठकले नेकपामा एमालेको केन्द्रिय समितिमा सिफारिस भएका २३ जना नेतालाई २४ घण्टाभित्र स्पष्टीकरण दिन समेत निर्देशन दिएको छ । नेकपाका स्थायी समिति सदस्य लिलामणि पोखरेलले चैत्र २ गते लागी बोलाइएको राष्ट्रिय कार्यकर्ता भेला समेत स्थगित भएको जानकारी दिए ।




प्रतिक्रिया