माओवादीको राष्ट्रिय सम्मेलनमा १६ सय ३१ जना प्रनिनिधि सहभागी हुने,१५ सदस्यीय पदाधिकारी बनाउन प्रस्ताव

माओवादीको राष्ट्रिय सम्मेलनमा १६ सय ३१ जना प्रनिनिधि सहभागी हुने,१५ सदस्यीय पदाधिकारी बनाउन प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माओवादी केन्द्र्रको राष्ट्रिय सम्मेलनमा १६ सय ३१ जना प्रनिनिधि सहभागी हुने भएका छन् । शुक्रबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सम्मेलनमा प्रदेश, विभिन्न संगठन र मनोनित गरि १६ सय ३१ जना प्रतिनिधि सहभागी हुने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।

शुक्रबार बसेको स्थायि समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । बैठकले १० प्रतिशत अर्थात १ सय ४८ जना मनोनित गर्ने अधिकार समेत अध्यक्ष दाहाललाई दिएको छ ।

स्थायी समिति बैठक भोलि १ बजे फेरि बस्ने कार्यसूची रहेको प्रवक्ता महराले बताए । शनिवार बैठकमा अध्यक्ष दाहालको राजनीतिक दस्तावेजमाथि छलफल हुनेछ । नेकपा माओवादीको पुस ११ १३ सम्म काठमाण्डुमा चल्ने राष्ट्रिय सम्मेलनमा नयां नेतृत्व समेत चयन हुनेछ ।

अध्यक्षमा दाहाल नै दोहोरिने निश्चित भएपनि महासचिव र अन्य पदमा भने धेरै आकांक्षीहरु देखिएका छन् । माओवादीमा पदाधिकारीको संख्या बढाउने प्रस्ताव समेत आएको छ। माओवादी केन्द्रको विधानमा ५ जना मात्रै पदाधिकारी रहने व्यवस्था छ । यसलाई बढाएर १५ सदस्यीय बनाउने प्रस्ताव आएको एक स्थायी समिति सदस्यले बताए ।

माओवादीमा यो प्रस्ताव पास भए वरिष्ठ सहित ७ जना उपाध्यक्ष, ३ जना सचिव, १ जना महासचिव, १ जना उपमहासचिव र १ जना कोषाअध्यक्ष हुनेछ ।

माओवादीमा महासचिवका लागी नेताहरु वर्षमान पुन,शक्ति वस्नेत,पम्फा भुसाल र जनार्दन शर्माबीच मुख्य प्रतिस्पर्धा छ । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको सम्भावना छ । महासचिवका लागी शर्मालाई महरा र भुसालले समेत समर्थन गर्न सक्ने चर्चा छ ।