माओवादी केन्द्रबाट कर्णालीमा गैरसांसदलाई मन्त्री बनाउंने तयारी


सुर्खेत– कर्णाली प्रदेशमा माओवादी केन्द्रले गैरसांसद कार्चेन लामालाई मन्त्री बनाउने भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले लामालाई मन्त्री नियुक्त गर्न लागेको स्रोत बताउंछ । लामा हिमाली भोटे लामा राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष हुन । उनि हाल माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटी समितिको सदस्य छन् ।

कर्णालीमा सत्ता गठबन्धनभित्र भागबण्डा नमिल्दा ३ महिनादेखी सरकारले पूर्णता पाउन सकेको थिएन । मन्त्रिमण्डल विस्तार गर्न नसक्दा मुख्यमन्त्री शाहीको चर्को आलोचना हुने गरेको थियो । माओवादी र कांग्रेसबीच मन्त्रालयको संख्यामा कुरा नमिल्दा मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको हो ।

माओवादीले जाजरकोटका सांसद गणेशप्रसाद सिंहलाई समेत मन्त्री बनाउने तयारी गरेको छ । त्यस्तै एकीकृत समाजवादीबाट जुम्लाका पदम रोकाया, कांग्रेसबाट यज्ञबहादुर बुढा क्षेत्री र हिमबहादुर शाही मन्त्री बन्ने भएका छन् ।

मुख्यमन्त्री शाहीले यसअघि मन्त्री मण्डलमा माओवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्ट र समाजवादीबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर शाहीलाई सहभागी गराएका थिए ।

जाजरकोटबाट मन्त्रीमा सिफारीस भएका सिंह नेता जनार्दन शर्मा निकट हुन भने लामा नेता शक्ति बस्नेत निकट हुन । सांसदहरु हुंदा हुंदै गैर सांसदलाई मन्त्री बनाउन लागिएको भन्दै माओवादीभित्र चर्को असन्तुष्टि छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement