गृह फेरी माओवादीको भागमा, यस्तो छ मन्त्रालयको वांडफांड (सुचीसहित)


काठमाडौं– माओवादी र एमालेबीच मन्त्रालयको भागवण्डा मिलेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकटस्रोतकाअनुसार माओवादीको भागमा गृहसहित ७ मन्त्रालय परेको छ । एमालेको भागमा ११ मन्त्रालय परेको छ ।

माओवादीको भागमा गृह,उर्जा जलविद्युत तथा नविकरणीय,शहरी विकास,आवास खानेपानी तथा सरसफाइ,वन वातावरण जलवायु परिवर्तन ,श्रम रोजगार तथा महिला बालवालिका जेष्ठ नागरीक ,कृषी,सिचाई खाद्य सुरक्षा सहकारी तथा भुमिसुधार र उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालय भागमा परेको छ ।

एमालेको भागमा अर्थ तथा योजना,रक्षा ,भौतिक पुर्वाधार यातायात,सुचना संचार तथा विज्ञान प्रविधी ,शिक्षा खेलकुद तथा संस्कृती,स्वास्थ्य तथा जनसंख्या, संघिय मामिला तथा सामान्य प्रशासन,कानुन तथा न्याय संसदिय मामिला,परराष्ट्र मन्त्रालय र पर्यटन मन्त्रालय परेको छ ।

माओवादी नेतृत्वले गृह र अर्थ एमालेले दिने सहमती गरेपछि माओवादीमा चर्को विरोध भएको थियो । दोस्रो पुस्ताका नेताहरुले गृह कुनै पनि हालतमा एमालेलाई नदिन दबाव दिएपछि गृहमन्त्रालय माओवादीको भागमा परेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement